प्रधानमन्त्रीको दाबी : २ दिनमा चाहिने जति खोप आउँछ,स्वास्थ्यका अधिकारी भन्छन्: थाहा छैन

प्रधानमन्त्रीको दाबी : २ दिनमा चाहिने जति खोप आउँछ,स्वास्थ्यका अधिकारी भन्छन्: थाहा छैन

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनमा चाहिने जति खोप आउने दाबी गरेका छन्। एमालेको केन्द्रीय कमिटीको बैठकमा उनले आइतबारबाट चाहिने जति कोरोना विरुद्धको खोप आउने दाबी गरेका हुन्।

उनले बैठकमा अब भ्याक्सिनको समस्या नहुने दाबी गर्दै भने 'पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ।’

उनले बैठकमा भारतले खोप उपलब्ध नगराएकाले केही समस्या देखिएको र केही दलका नेताले सरकारलाई खोप नदिनु भनेर लबिङ गरिरहेको दाबी गरेका थिए। उनले दल र त्यसका नेताको नाम भने खुलाएनन्।

उनले हाम्रो सरकार आएपछि खोप दिनु भनेर लबिङ गरेको दाबी गरेका थिए।

उनले २ दिनमै चाहिने जति खोप आउने दाबी गरे पनि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने त्यसको पुष्टि गरेनन्। ' खोप किन्ने प्रयास नभएको हैन। तर कसैसँग पनि सहमति भइसकेको छैन,' मन्त्रालय स्रोतले भन्यो' अब प्रधानमन्त्रीले नै सहमति गरिसक्नु भएको भए थाहा भएन। मन्त्रालयले सहमति गरेका छैन। प्रयास भने जारी छ।'

 

 

असार १८, २०७८ शुक्रबार १४:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।