आन्तरिक विवाद मिलाउन जसपाका दुवै पक्षलाई निर्वाचन आयोगको अन्तिम मौका, नमिले कानुनी प्रक्रियामा जाने
काठमाडौँ : जनता समाजवादी पार्टीको उपेन्द्र र महन्थ ठाकुरलाई छलफलबाट पार्टीको समस्या समाधान गर्न निर्वाचन आयोगले अन्तिम मौका दिँदै आयोगमा बोलाएको छ। दुबै पक्षसँग छलफल गरेर विवाद टुङ्ग्याउन प्रयास गर्ने तर नमाने कानुनी प्रक्रियामा जाने आयोगको तयारी छ।
केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा जसपामा विवाद बढेपछि दुवै दल विभाजनको चरणमा पुगेका छन्। यस अगाडि नै आयोगमा पुगेको दुवै पक्षको निवेदनलाई किनारा लगाउँदै आयोगले एकले अर्कालाई कारबाही गर्ने दुवै पक्षको निर्णयलाई मान्यता दिएको थिएन।
आयोगको निर्णयप्रति उपेन्द्र यादव समूह अशन्तुष्ट६ थियो। यादव समूहले पुन महन्त ठाकुर समूहलाई कारबाही गरेका निवेदन पुनरावलोकन गर्न असार ४ गते निवेदन दिएपछि आयोगले दुवै पक्षलाई बोलाएको हो।
आयोगले मेलमिलापका लागि यादव र महन्त ठाकुर पक्षलाई असार २२ गते बोलाएको जानकारी दिएको छ। बहुमत सदस्य आफ्नो पक्षमा रहेको भन्दै यादव पक्षले निवेदन दिएपछि आयोगले महन्त पक्षलाई १५ दिनभित्र लिखित जवाफ पठाउन भनेको थियो।
महन्त पक्षको लिखित जवाफ आइसकेकाले २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको हो। जसपाको दुवै पक्षले एकले अर्कोलाई कारबाही र निष्कासन गरेर आफू आधिकारिक भएको दाबी जेठ ३० गते निर्वाचन आयोगले खारेज गरेको थियो।
आयोगमा मेलमिलाप नभए न्यायिक प्रक्रिया सुरु गर्नेछ। आयोगमा दुवै पक्षका पदाधिकारीलाई बोलाएर न्यायिक प्रक्रिया सुरु गर्ने आयोगका एक सदस्यले जानकारी दिई। यसका लागि आयोगमा इजलास नै गठन हुनेछ।
‘जपाभित्रको विवाद समाधानका लागि आयोगले अन्तिम प्रयास मेलमिलाप गर्न लागेको हो,’ती सदस्यले भने,‘विवाद कायम रहे आयोग न्यायिक प्रक्रियामा प्रवेश गर्छ।’
जसपाको यादव पक्ष अहिले विपक्षी गठबन्धनमा छ भने महन्त पक्ष केपी ओली नेतृत्वको सरकारको पक्षमा छ। महन्थका ११ जना सरकारमा सहभागी भए पनि सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भइसकेका छन्।
असार १८, २०७८ शुक्रबार १४:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।