नेपाल पक्षका सांसदलाई सर्वोच्चको हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन, बैठक भोलि फेरि बस्ने  

नेपाल पक्षका सांसदलाई सर्वोच्चको हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन, बैठक भोलि फेरि बस्ने  

काठमाडौँ : नेकपा एमालेले सर्वोच्च अदालतमा संसद् विघटनविरुद्धको मुद्दामा हस्ताक्षर गरेका पार्टीका सांसदलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ।

 

बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिने निर्णय गरेको हो। 

यो निर्णय महासचिव ईश्वर पोखरेलले सुनाएका एक नेताले जानकारी दिए। केन्द्रीय कमिटीको बैठक भोलि फेरी बस्ने ती नेताले बताए।

उनका अनुसार बैठकले बाढी पहिरोमा परेकाको उद्धार, राहतमा जुट्न निर्देशन दिइएको छ भने कोरोना भाइरसविरुद्धको खोप छिट्टै ल्याउन सरकारको ध्यानाकर्षण गराइएको छ।

यस्तै वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले व्यहोर्ने निर्णय गरेको उनले बताए। 

असार १८, २०७८ शुक्रबार १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।