मनसुन सक्रिय भएसँगै निरन्तर वर्षा
काठमाडौं : देशका धेरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। शुक्रबार र शनिबार पानी पर्ने रोकिने क्रम भइरहने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।
मनसुन सक्रिय रहेकाले दुई दिन निरन्तर झरी पर्ने सम्भावना रहेको उनले बताए। ‘आइतबार पानी पर्न केही हुने अनुमान छ,’ उनले भने, आज र भोलि पानी पर्ने रोकिने क्रम चलिरहन्छ।’
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
असार १८, २०७८ शुक्रबार ०७:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।