भक्तपुर नगरमा असार २२ र २३ गते ६०–६४ वर्षका व्यक्तिलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

भक्तपुर नगरमा असार २२ र २३ गते ६०–६४ वर्षका व्यक्तिलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

काठमाडौं : भक्तपुर नगरपालिकामा यही असार २२ र २३ गते ६०–६४ वर्ष उमेर समूहका व्यक्तिलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ। 

नगरपालिकाले सूचना जारी गर्दै १–५ नम्बर वडामा असार २२ गते र ६–१० नम्बर वडामा असार २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोप लगाइने जनाएको हो। 

नगरपालिकाकाले प्रत्येकमा वडामा छुट्टाछुट्टै खोप केन्द्र तोकेको छ, जसअनुसार वडा नम्बर १ को खोप केन्द्र दुधपाटीस्थित भक्तपुर क्याम्पस तोकिएको छ। 

यस्तै, वडा नम्बर २ को नःपुखुस्थित जनज्योति पुस्तकालय, वडा नम्बर ३ को दरवार क्षेत्रस्थित पद्म मावि, वडा नम्बर ४ को तालाक्व र वडा नम्बर ५ को साकोठास्थित विद्यार्थी निकेतन माविमा खोप केन्द्र निर्धारण गरिएको नगरपालिकाको सूचनामा उल्लेख छ। 

यसैगरी, वडा नम्बर ६ को ढेकोचास्थित ख्वप कलेज, वडा नम्बर ७ को महेश्वरी मन्दिर परिसर, वडा नम्बर ८ को लिवालीस्थित ख्वप इन्जिनियरिङ कलेज, वडा नम्बर ९ को दत्तात्रयस्थित दत्तात्रय आधारभूत विद्यालय र वडा नम्बर १० को कमल विनायकस्थित भनपा बक्सिङ प्रशिक्षण हललाई खोप केन्द्र तोकिएका छन्।  

खोप लगाउन आउने व्यक्तिले पहिलो मात्रा लगाएको कार्ड लिएर आउनुपर्ने, मास्क लगाउनुपर्ने र खोप केन्द्रमा भीडभाड नहुने गरी सामाजिक/भौतिक दूरी कायम गरी खोप लगाउनुपर्ने नगरपालिकाको सूचनामा उल्लेख छ। साथै नगरपालिकाले सम्बन्धित वडामा मात्रै खोप लगाउन अनुरोध गरेको छ। 
 

असार १७, २०७८ बिहीबार २३:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।