संसद् विघटन मुद्दा : आजको बहस सकियो, भोलि जारी रहने 

संसद् विघटन मुद्दा : आजको बहस सकियो, भोलि जारी रहने 

काठमाडौं : सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद् विघटन मुद्दामा आजको बहस सकिएको छ।

आजको सुनुवाइमा राष्ट्रपति र प्रधानमन्त्रीका निजी वकिलले बहस गरेका छन्। आज पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र महतो, महेश नेपाल, अधिवक्ता सुवास आचार्यलगायतले बहस गरे। 

बहस भोलि जारी रहने सर्वाेच्च अदालतले जनाएको छ। अब राष्ट्रपति र प्रधानमन्त्रीका निजी वकिलले बहसका लागि डेढ घण्टा मात्रै पाउने छन्। 

उक्त बहस सकिएपछि सभामुखको तर्फका निजी वकिलले बहस गर्ने छन्। सभामुखको तर्फबाट बहस गर्न पाँच जना कानुन व्यावसायीले नाम लेखाएका छन्। 

सभामुख संसद् विघटनको विपक्षमा छन्। 

असार १७, २०७८ बिहीबार १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।