थप २७६० जना कोरोना संक्रमित, निको हुने ४०१७
काठमाडौं : पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ नमुना परीक्षण गरिएकोमध्ये २ हजार ७ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उक्त अवधिमा ४ हजार १७ जना निको भएका छन्। यस्तै, थप ३३ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको सक्रिय संक्रमण दर ४.९० प्रतिशत, मृत्युदर १.४३ प्रतिशत छ भने निको हुनेको दर ९३.६८ प्रतिशत छ।
देशभर आइसियुमा ६ सय २९ र भेन्टिलेटरमा १ सय ८१ जना संक्रमित उपचाररत छन्।
असार १७, २०७८ बिहीबार १७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।