वरिष्ठ अधिवक्ता नेपालको प्रश्न– दल बाहिर गएकाको समर्थनमा सरकार बन्यो भने कति दिन टिक्छ ?
काठमाडौं : वरिष्ठ अधिवक्ता महेश नेपालले दल बाहिर गएकाको समर्थनमा सरकार बने त्यसको स्थिरतामाथि प्रश्न गरेका छन्।
सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद् विघटन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलका तर्फबाट बहस गर्दै उनले यस्तो बताएका हुन्।
‘मानौ अहिले दल बाहिर गएर अर्को दलकालाई समर्थन गरेर सरकार बन्यो। यस्तो सरकार कति दिन टिक्छ?’ उनले प्रश्न गरे।
साथै उनले संविधानको धारा ७६ (५) राष्ट्रपतिले स्वविवेक प्रयोग गर्न पाउने धारा भएको जिकिर गरे। त्यही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले निर्णय गरेको उनको तर्क छ।
उनले दलीय अनुशासन कायम नभए त ह्विप लाग्ने र कारबाही हुने बताए। त्यसैले दलीय अनुशासन बाहिर गएकालाई संविधान नमान्ने उनकाे भनाइ छ।
असार १७, २०७८ बिहीबार १६:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।