अमेरिकाद्वारा नेपाली सेनालाई चार थान रेस्क्यु बोट हस्तान्तरण
काठमाडौं : अमेरिकाले नेपाली सेनालाई विपद् व्यवस्थापनमा प्रयोग हुने चार थान रेस्क्यु बोट हस्तान्तरण गरेको छ।
सेनाले आज जारी गरेको प्रेस नोटमा अमेरिकाले सेनालाई आउट बोर्ड मोटरसहितको चार थान रेस्क्यु बोट हस्तान्तरण गरेको हो।
अमेरिकी राजदूतावासको रक्षा समन्वय कार्यालय प्रमुख माइकल पि ह्वाइटले सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक एवं सहायक रथी रामनाथ शर्मा ढुंगानालाई हस्तान्तरण गरेको सेनाले जनाएको छ।
उक्त सामग्री बाढी/डुबान जस्ता विपद्मा उद्दार तथा राहत कार्यमा बहुउपयोगी हुने सेनाको विश्वास छ।
असार १७, २०७८ बिहीबार १५:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।