हिँडडुल गरिरहेका महिलालाई चिमोट्ने व्यक्ति पक्राउ 

हिँडडुल गरिरहेका महिलालाई चिमोट्ने व्यक्ति पक्राउ 

कमलबिनायक, आदर्श चोक लगायतका सार्वजनिक स्थानका भित्री सडकको एकान्त स्थानमा हिँडडुल गरिरहेका महिलालाई चिमोट्ने, धाप मार्ने, संवेदनशील अङ्गमा समाउने, जिस्काउने र हैरानी दिने व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। 

पीडित महिलाहरूले दिएको उजुरीका आधारमा ३६ वर्षका चमार सिं तामाङलाई पक्राउ गरी अभद्र व्यवहार र सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा मुद्दा दर्ता गरिएको भक्तपुरका सूचना अधिकारी दीपक गिरीले जानकारी दिए । 

तामाङले महिलालाई एकान्त ठाउँमा आफ्नो यौनाङ्ग समेत देखाउने गरेको उजुरी पीडित महिलाहरूले गरेका छन्। उनलाई पक्राउ गरेपछि सार्वजनिक स्थानमा हैरानी पाएका महिलाको उजुरी आइरहेको प्रहरीले जनाएको छ। 

असार १७, २०७८ बिहीबार ११:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।