तनहुँमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध  

तनहुँमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध  

पहिरोले घर पुरिँदा बेपत्ता भएका ७० वर्षिया हरिमाया बसेल र ३० वर्षिया सरस्वती थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बन्दीपुरमा राती खसेको पहिरोमा बेपत्ता भएका उनीहरूको शव बिहान फेला परेको प्रहरीले जनाएको छ। 

यस्तै तनहुँको सुक्ला गण्डकी नगरपालिका ९ मा पहिरोले घर गोठ पुरिँदा २ जना घाइते भएका छन्। गोठमा रहेका १९ वटा बाख्रा र २ वटा भैँसी मरेका प्रहरीले जनाएको छ। 

तनहुँको व्यास नगरपालिकाको छिर्कने र बन्दीपुरको चिसापानीमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

पहिरोले डुम्रे बेशीशहर र दमौली भोर्लेटार सडक खण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। 

असार १७, २०७८ बिहीबार ०९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।