आन्तरिक हवाई उडान सुरु

आन्तरिक हवाई उडान सुरु

बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन, नेपाल एअरले दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान हुनेछ। 

प्राधिकरणले नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरलाइन्स, टर्किस एयरलाइन्स, जजिरा एयरलाइन्स, फ्लाइ दुबई एयरलाइन्स, सलाम एयरलाइन्स, एअरअरविया र एअरइण्डियालाई अन्तर्राष्ट्रिय उडान भर्ने अनुमति दिएको छ। 

प्राधिकरणको सूचनाअनुसार हप्तामा बीस अन्तर्राष्ट्रिय उडान हुने छन्। सरकारको निर्णय अनुसार नै उडान तालिका प्रकाशन गरेको प्राधिकरणले जनाएको छ। 

नेपालमा वैशाख २० गतेदेखि हवाई उडान बन्द भएको थियो। 

असार १७, २०७८ बिहीबार ०८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।