स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन भर्चुअल माध्यमबाट
कोरोनाका कारण यसअघि स्थगित गरिएको सम्मेलन बिहीबार र शुक्रबार हुन लागेको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए।
स्वास्थ्य तथा जनसङ्ख्याका विषयमा नयाँ नयाँ अनुसन्धान गर्न विगत सात वर्ष देखि वार्षिक रूपमा शिखर सम्मेलन गर्दै आएको ज्ञवालीले बताए। ज्ञवालीका अनुसार सम्मेलनमा खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धान कार्यहरूको प्रस्तुति, १९ वटा पोस्टर तथा २४ वटा आमन्त्रित प्रस्तुतीकरण रहने छ।
सम्मेलनबाट उत्कृष्ट वैज्ञानिकहरूको छनौट गरी विभिन्न अवार्डबाट सम्मानित गरिने परिषद्ले जनाएको छ।
असार १७, २०७८ बिहीबार ०८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।