मनसुनी वायुको प्रभाव सक्रिय, केही स्थानमा भारी वर्षा 

मनसुनी वायुको प्रभाव सक्रिय, केही स्थानमा भारी वर्षा 

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ। एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा भइरहेको विभागले जनाएको छ। विभागका अनुसार बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

विभागका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बुलेटिन निकालेर जानकारी दिएको छ। 

केही स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित धेरै भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

असार १७, २०७८ बिहीबार ०८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।