राष्ट्रिय सभाको आठौँ अधिवेशनमा १२ वटा अध्यादेश पेस गर्ने कार्यसूची 

राष्ट्रिय सभाको आठौँ अधिवेशनमा १२ वटा अध्यादेश पेस गर्ने कार्यसूची 

यस्तै मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउने बैठकको कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। 

बैठकको सम्भावित कार्यसूचीमा सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको विवादित नागरिकता पहिलो संशोधन सहितका १२ अध्यादेश राखिएको छ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र शपथ सम्बन्धी अध्यादेश प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले राखेको छ। 

यस्तै उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग अध्यादेश पेस गर्ने बैठकको कार्यसूची रहेको छ। 

नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ सम्बन्धी अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ।

यस्तै बैठकमा कानुन मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधि, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गर्ने कार्यसूचीमा रहेको छ। 

स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी, कोभिड १९ सङ्कट व्यवस्थापन सम्बन्धी र औषधी तेस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ।

राष्ट्रिय सभाको पहिलो बैठकमा अध्यादेश पेस गर्नु पर्ने भएकाले शोक प्रस्तावलाई अन्तिममा राखिएको छ। बैठकमा सहभागी हुन कोरोना रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको छ। 

असार १७, २०७८ बिहीबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।