‘धराने हावा तोङ्बाको पानी’को लिरिकल भिडियो युट्युबमा
उक्त भिडियो सिल्भर इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
गीतमा राजिव हलवाई ‘हाइकिङ बाबा’को शब्द र गायक वरदानकै संगीत छ। गीतको संगीत संयोजन तथा मिक्सिङ सृजन नेपालको छ।
कोरोनाको त्रास र निषेधाज्ञाका कारण गीतको म्युजिक भिडियो बनाउन नसक्दा लिरिकल भिडियो मात्रै सार्वजनिक गरिएको गायक वरदानले बताए। गीतको भिडियो चाडै निर्माण गर्ने उनकाे भनाइ छ।
असार १६, २०७८ बुधबार २०:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।