संसद् विघटन मुद्दा : आजको बहस सकियो, भोलि पनि जारी रहने 

संसद् विघटन मुद्दा : आजको बहस सकियो, भोलि पनि जारी रहने 

काठमाडौं : सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद् विघटन मुद्दामा आजको बहस सकिएको छ।

मुद्दामाथिको सुनुवाइ भोलि पनि जारी रहने सर्वाेच्च अदालतले जनाएको छ। 

आज सरकारी पक्षका तर्फबाट सहन्यायाधिवक्ताहरू सञ्जीवराज रेग्मी, गोपालप्रसाद रिजाल, लोकराज पराजुली, उद्धवप्रसाद पुडासैनी, दशरथ पंगेनी र खेमराज ज्ञवालीले बहस गरे।

यस्तै, राष्ट्रपति र प्रधानमन्त्रीको निजी वकिलका रूपमा वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरे। 
 

असार १६, २०७८ बुधबार १७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।