संसद् विघटन मुद्दामा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले थाले बहस 

संसद् विघटन मुद्दामा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले थाले बहस 

काठमाडौं : सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद् विघटन मुद्दामा राष्ट्रपति र प्रधानमन्त्रीका निजी वकिलका रूपमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस थालेका छन्। 

वरिष्ठ अधिवक्ता सुशील पन्तको बहस सकिएपछि उनले बहस सुरु गरेका हुन्। आज सहन्यायाधिवक्ताहरू सञ्जीवराज रेग्मी, गोपालप्रसाद रिजाल, लोकराज पराजुली, उद्धवप्रसाद पुडासैनी, दशरथ पंगेनी र खेमराज ज्ञवालीले बहस गरेका छन्।

त्यसपछि राष्ट्रपति र प्रधानमन्त्रीका निजी वकिलका रूपमा वरिष्ठ अधिवक्ता पन्तले बहस गरेका हुन्। 

असार १६, २०७८ बुधबार १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।