कतिपय विषयमा संविधान प्रस्ट छैन : वरिष्ठ अधिवक्ता पन्त
काठमाडौँ : वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय प्रणालीमा राष्ट्रपतिलाई अन्तर्निहित अधिकार हुने बताएका छन्।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सरकारी पक्षबाट बहस गरेका पन्तले प्रधानमन्त्री नियुक्त गर्दा राष्ट्रपतिले कसैलाई सोध्नु नपर्ने जिकिर गरे।
उनले कतिपय विषयमा संविधान नै प्रस्ट हुन नसकेको तर्क गरे। प्रधानमन्त्री संसद्ले चुनेर नपठाउने र मन्त्रिपरिषद्ले पनि सिफारिस नगर्ने उनको भनाइ छ।
‘संविधान अनुसार धारा ७६ को उपधारा १,२,३ राष्ट्रपतिले केही गर्ने होइन,’उनले भने,‘उपधारा ५ अनुसार राष्ट्रपतिले नियुक्त गर्ने हो। राष्ट्रपतिले नियुक्त नगर्ने भए त्यहाँ किन आधार हेर्ने कुरा लेखियो।’
उनले राष्ट्रपतिको दिमागमा यसले भोलि बहुमत ल्याउन सक्छ भन्ने लागेमा पनि नियुक्त गर्न सक्ने बताए। राष्ट्रपतिले यो अधिकार प्रयोग नगर्ने हो भने संसदीय प्रणाली नै नहुने उनको भनाई छ। उनले राष्ट्रपतिले पदमा बसेर गरेका काम कारबाहीमा मुद्दा नलाग्ने बताए।
असार १६, २०७८ बुधबार १३:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।