देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा
काठमाडौं : देशका धेरै स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार अहिले प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने विभागले निकालेको मौसम बुलेटिनमा अनुमान गरिएको छ।
विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
विभागले उक्त प्रदेशहरूको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ।
यस्तै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
असार १६, २०७८ बुधबार ०७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।