सय रुपैयाँको विषयमा झगडाहुँदा छोरासँग मिलेर श्रीमानको हत्या
बर्दिया : छोरासँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। बर्दिया मधुबन नगरपालिका-४ बाँदर भरिया बस्ने ३८ वर्षका लक्षिराम थारुको हत्या आरोपमा उनकी श्रीमती सिता र छोरा आकाश पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।
सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार रक्सी खान एक सय रुपैयाँ मागेको विषयमा श्रीमती र छोरासँग उनको झगडा भएको थियो। उनीहरूबिच झगडा भएपछि लक्षिराम घाइते भएका थिए।
उनको उपचारको क्रममा मृत्यु भएको शाहीले जानकारी दिए। अनुसन्धानमा पारिवारिक झगडामा उनको मृत्यु भएको खुलेपछि प्रहरीले सिता र आकाशलाई नियन्त्रणमा लिएको थियो। जिल्ला अदालतबाट दुबैलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद आएको शाहीले बताए।
असार १५, २०७८ मंगलबार १९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।