पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु, चार घाइते
काठमाडौं : पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
मंगलबार बिहान चट्याङ लागेर सखुवाप्रसौनी गाउँपालिका–४ घर भएका ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली गाउँपालिका–१, गदियानीका २७ वर्षीय रोसलान गदी र जिराभवानी गाउँपालिका–३, जितपुरकी ५० वर्षीया असतुरनी देवी थरुनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
चट्याङ लागेर चार जना घाइते भएको प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए। तीमध्ये ३ जना सामान्य उपचारपछि निको भएको र १ जनाको उपचार भइरहेको उनले बताए।
असार १५, २०७८ मंगलबार १९:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।