देशभर थप ४३४८ जना कोरोना संक्रमणमुक्त, २६३६ संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ४८ जना संक्रमणमुक्त भएका छन्।
यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर कोरोनाको निको हुने दर ९३ प्रतिशत छ।
यस्तै, देशभर थप २ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ७ सय २८ र एन्टिजेन विधिबाट ९ सय ८ जनामा कोरोना पोजेटिभ देखिएको हो।
उक्त अवधिमा आरटी पिसिआर विधिबाट ७ हजार २ सय ५९ र एन्टिजेन विधिबाट ४ हजार ४ सय ८९ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
देशभर हालसम्म आरटी पिसिआर विधिबाट कोरोना संक्रमण हुनेको संख्या ६ लाख ३६ हजार ९ सय १६ पुगेको छ। एन्टिजेन विधिबाट कोरोना पोजेटिभ देखिएकाको संख्या ३३ हजार ९ सय ४१ छ।
मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ।
असार १५, २०७८ मंगलबार १७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।