दोलखामा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने ३ जना पक्राउ, कारबाही गर्न चिकित्सक सङ्घको माग
असार १३ गते दोलखाको तामाकोसी गाउँपालिकामा रहेको कोभिड अस्पतालमा कार्यरत डा. रोबिस कार्की लगायतका स्वास्थ्यकर्मीहरूलाई ज्यान मार्ने धम्की दिइएको भन्दै सङ्घले कारबाही गर्न माग गरेको हो।
सङ्घले विज्ञप्ति निकालेर स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अमानवीय व्यवहार प्रदर्शन गर्नु निन्दनीय र क्रूर घटना भएको बताएको छ। उसले आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई स्थानीय सुरक्षाकर्मीले पक्राउ गरी थुनामा राखेर अनुसन्धान गरेको जानकारी दिएको छ।
सङ्घका अनुसार घटनामा संलग्न भएको आरोपमा ३ जना पक्राउ परेका छन्। सङ्घका महासचिव डा. बद्री रिजालले निकालेको विज्ञप्तिमा घटनामा संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ अनुसार हदैसम्मको कारबाही गर्न माग गरिएको छ।
असार १५, २०७८ मंगलबार १३:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।