नौ वर्षअगाडि चोरिएको कलाकृति फेला, एक जना पक्राउ 

नौ वर्षअगाडि चोरिएको कलाकृति फेला, एक जना पक्राउ 

एन्थेन्स प्रहरीले पिकासोको वुमन्स हेड नामको कलाकृति र पिट मोन्ड्रियनको सन् १९०५ मा बनाइएको विन्डमिल नामक कलाकृति भेटिएको बताएको बीबीसीले जनाएको छ।

प्रहरीका अनुसार ती कलाकृति सहर बाहिर लुकाएर राखिएको अवस्थामा भेटिएको हो। कलाकृतिसँगै प्रहरीले एक जनालाई गिरफ्तार गरेको बताए पनि ती व्यक्तिको बारेमा केही नबताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। 

बीबीसीको समाचार अनुसार पिकासोको कलाकृति एउटा महिलाको पोट्रेट हो जुन उनको परिचित शैलीमा बनाइएको छ।

 

असार १५, २०७८ मंगलबार ११:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।