माधव समूहका नेता बेदुरामले एमाले छाडे
संसद् सचिवालयका महासचिवलाई लेखेको पत्रमा सर्वोच्चको फागुन २३ को फैसलापछि नेकपाको अस्तित्व समाप्त भएकोले आफू स्वतन्त्र भूमिकामा रहन चाहेको उल्लेख गरेका छन्।
‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भई निर्वाचित मसहितका जनप्रतिनिधिहरू दलविहीन अर्थात् स्वतन्त्र हुनुपरेको सर्वविदितै छ’, पत्रमा भनिएको छ ‘तत्पश्चात् म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रूपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रूपमा नै रहन चाहन्छु।’
भुसाल एमालेका असन्तुष्ट माधव समूह निकट नेता हुन्। एमालेमा एकता प्रयास भए पनि पछिल्लो समय एकताको सम्भावना क्षिणहुँदै गएको छ।
असार १३, २०७८ आइतबार २३:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।