कोरोना संक्रमणका कारण मर्नेकाे संख्या ९ हजार नाघ्यो

कोरोना संक्रमणका कारण मर्नेकाे संख्या ९ हजार नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमणका कारण आज (आइतबार) दिउँसोसम्म मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ। कोरोना संक्रमणका कारण आइतबार थप ३४ जनाको मृत्यु भएको थियो। 

यस्तै, देशभर थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ३ सय ५३ र एन्टिजेन विधिबाट ५ सय ६७ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ६ हजार र एन्टिजेन विधिबाट ३ हजार ८ सय ३६ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

देशभर हालसम्म आरटी पिसिआर विधिबाट कोरोना संक्रमण हुनेको संख्या ६ लाख ३३ हजार ६ सय ७९ पुगेको छ। एन्टिजेन विधिबाट कोरोना पोजेटिभ देखिएकाको संख्या ३२ हजार ९८ छ। 

पछिल्लो २४ घण्टामा ३ हजार ७ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३ सय ३४ पुगेको छ।

देशभर कोरोना संक्रमण निको हुने दर ९२.२ प्रतिशत छ। 
 

असार १३, २०७८ आइतबार १९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।