अदालतको अपहेलना गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध सर्वाेच्चमा रिट निवेदन पेस
अधिवक्ता उमेश प्रसादले प्रधानमन्त्री ओलीविरुद्ध आज (आइतबार) सर्वाेच्चमा रिट निवेदन पेस गरेका हुन्।
‘अदालतको आदेश वा फैसला नेपालको संविधानको धारा १२८, १२८ (४) तथा न्याय प्रशासन ऐन २०७३ को दफा १८ समेत बमोजिम अदालतको आदेश पालन गर्नु पर्नेमा विपक्षी प्रधानमन्त्रीज्यूले संविधान तथा अदालतको फैसला समेतलाई नमानी तिलाञ्जलीसमेत दिई पुनः प्रतिनिधिसभा विघटन तथा मिति २०७८ असार ८ गतेको आदेशउपर गरेको टिप्पणी तथा कार्यले अदालतको अपहेलना गरेकाले न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (४) समेत प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरी पाऊ,’ रिट निवेदनमा उल्लेख छ।
प्रधानमन्त्री ओलीले अदालतको अपहेलना गरेको भन्दै पेस गरिएको रिट निवेदन दर्ता हुन बाँकी रहेको सर्वाेच्चले जनाएको छ।
असार १३, २०७८ आइतबार १७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।