सडक विभागमा तालाबन्दी गरेपछि बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्षसहित स्थानीय पक्राउ
काठमाडौं : बबरमहलस्थित सडक विभागमा तालाबन्दी गरेपछि बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष शम्भु भट्टराईसहित स्थानीय पक्राउ परेका छन्। पक्राउ परेकालाई तीनकुने प्रहरी कार्यालय लगिएको छ।
विभागमा तालाबन्दी भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

तेन्जिङ चोक–खरिबोट सडक जीर्ण बनेको लामो समय हुँदा पनि मर्मतसम्भारमा विभागका हाकिम र कर्मचारीले चासो नदेखाएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको वडाअध्यक्ष भट्टराईले बताए।
सडक मर्मत गर्न ठेकेदार सम्पर्कमा नआएको र त्यसका लागि विभागबाट सुनुवाइ र पहल नभएको उनको भनाइ छ।
असार १३, २०७८ आइतबार १६:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।