एमालेले बोलायो दसौं महाधिवेशन आयोजक कमिटी बैठक

एमालेले बोलायो दसौं महाधिवेशन आयोजक कमिटी बैठक

काठमाडौं : नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ।

बालुवाटारमा आज (आइतबार) बसेको स्थायी कमिटी बैठकले यही असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

बैठकमा पछिल्लो राजनीतिक स्थिति, पार्टीको आन्तरिक जीवनलगायतबारे छलफल भएको उनले बताए। 

असार १३, २०७८ आइतबार १३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।