संसद् विघटन मुद्दामा रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस आज सकिने
काठमाडौं : सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी संसद् विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस आज सकिँदै छ।
इजलासले रिट निवेदकतर्फका कानुन व्यवसायीका लागि बहस गर्न तोकेको १२ घण्टामध्ये दुई घण्टा ३५ मिनेट मात्रै बाँकी छ। अर्थात् उनीहरूले आज उक्त समयसम्म मात्रै बहस गर्न पाउने छन्।
त्यसपछि सरकार पक्षका कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन्। उनीहरूलाई पनि बहसका लागि १२ घण्टा तोकिएको छ।
त्यसपछि रिट निवेदकतर्फका र सरकार पक्षका कानुन व्यावसायीले प्रत्युत्तर बहसका लागि भने थप ३/३ घण्टा समय पाउने छन्।
असार १३, २०७८ आइतबार ०९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।