देशभर काेराेनाका सक्रिय संक्रमित ४२ हजार 

देशभर काेराेनाका सक्रिय संक्रमित ४२ हजार 

काठमाडौं : कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ। उक्त अवधिमा ९ हजार ५ सय १० नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा ४ हजार ९ सय १४ जना कोरोना भाइरस संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। उक्त अवधिमा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ।

पछिल्लो २४ घण्टाको संक्रमण दर ६.६५ प्रतिशत छ भने मृत्युदर १.४२ प्रतिशत छ। त्यसैगरी, संक्रमणमुक्त हुने दर ९१.९३ प्रतिशत छ।

देशभर आइसियुमा ७ सय ३४ र भेन्टिलेटरमा २ सय २२ जनाले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ। 

असार १२, २०७८ शनिबार १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।