रुपा सुनारले गरिन् नौ अनलाइन विरुद्ध उजुरी, साइवर अपराध अन्तर्गत कारबाहीको माग

रुपा सुनारले गरिन् नौ अनलाइन विरुद्ध उजुरी, साइवर अपराध अन्तर्गत कारबाहीको माग

काठमाडौँ : भ्रामक समाचार सम्प्रेषण गरेको दाबी गर्दै रुपा सुनारले ९ वटा अनलाइन विरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन्। काठमाडौँमा कोठा खोज्दा जातीय विभेद खेपेकी सुनारले उनीहरूले चरित्रहत्या गरेको दाबी गर्दै कारबाहीका लागि उजुरी दिएकी हुन्।

युरोपियन युनियनबाट पैसा लिएर जातीय कुरा गरेको लगायतका दाबी गर्दै समाचार प्रकाशित भएपछि उनले काउन्सिलमा उजुरी दिएकी हुन्।

उनले अनलाइनहरूले भ्रामक समाचार लेखेर जातीय छुवाछूतलाई थप दुरुत्साहन गर्ने कार्य गरेको रुपाले उजुरीमा उल्लेख गरेकी छन्।

उनले नेपाल पाना डटकम, खबर माला डटकम, कालापानी पोस्ट, ई कालापानी पोस्ट, मिडिया२०पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध उजुरी दिएकी छन्। उजुरीमा उनले साइबर अपराध कसुर अन्तर्गत कारबाहीको माग गरेकी छिन्।

असार १२, २०७८ शनिबार १५:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।