मनसुनी वायुको प्रभावका कारण केही स्थानमा वर्षा
काठमाडौं : मनसुनी वायुको प्रभावका कारण देशका केही स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। बाँकी प्रदेशमा मौसम सामान्य बदली रहेको छ।
प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यी प्रदेशहरूको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।
असार १२, २०७८ शनिबार ०७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।