काठमाडौं महानगरको बजेट : होटलको सम्पत्ति करमा छुट दिने व्यवस्थाको होटल संघद्वारा स्वागत
काठमाडौं : होटल संघ नेपालले काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत होटल उद्योगको सम्पत्ति करमा छुट दिने निर्णयको स्वागत गरेको छ।
होटल संघले आज प्रेस विज्ञप्ति जारी गर्दै महानगरपालिकाको उक्त निर्णयको स्वागत गरेको हो।
‘कोभिड–१९ को विषम परिस्थितिमा अतिप्रभावित भई विस्तारै लयमा फर्कन लागेको होटल तथा पर्यटन उद्योग दोस्रो लहरको कोभिड–१९ ले संकटग्रस्त अवस्थामा पुगिसकेको समयमा गत वर्षभन्दा थप गरी छुट प्रदान भएको कारणले होटललाई ठूलो राहत मिलेको छ,’ विज्ञप्तिमा भनिएको छ।
काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा होटल सम्पत्ति करमा ७५ प्रतिशत र समयमै कर बुझाउनेलाई १० प्रतिशत गरी जम्मा ८५ प्रतिशत छुट उपलब्ध गराएको छ।
महानगरले आर्थिक वर्ष २०७८/७९ को लागि प्रस्तु बजेटमा होटलको सम्पत्ति करमा ८० प्रतिशत र २०७८ पुस मसान्तसम्म कर बुझाउनेलाई थप १० प्रतिशत गरी ९० प्रतिशत कर छुटको व्यवस्था गरेको छ।
महानगरपालिकाले अतिप्रभावित होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्ति करमा छुट दिइएको बजेटमा उल्लेख छ।
असार ११, २०७८ शुक्रबार २१:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।