कोरोना संक्रमितमध्ये ७१४ जना आइसियुमा र २०१ जना भेन्टिलेटरमा उपचाररत

कोरोना संक्रमितमध्ये ७१४ जना आइसियुमा र २०१ जना भेन्टिलेटरमा उपचाररत

काठमाडौं. : देशभर कोरोना संक्रमितमध्ये ७ सय १४ जना सघन उपचार कक्ष (आइसियु)मा र २ सय १ जना भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १४ हजार ३ सय ५१ जनाको नमुना परीक्षण गरिएकोमध्ये २ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ। उक्त अवधिमा ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन्। नेपालमा संक्रमणमुक्त हुने दर ९१.३ प्रतिशत पुगेको छ। 

यसैगरी कोरोना संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ।

पछिल्लो २४ घण्टाको सक्रिय संक्रमण दर ७.२६ प्रतिशत छ। यस्तै, मृत्युदर १.४२ प्रतिशत र निको हुने दर ९१।३३ प्रतिशत छ।

नेपालमा महिलाको संक्रमणदर ३९.२५ प्रतिशत र पुरुषको ६०.७५ प्रतिशत छ।

असार ११, २०७८ शुक्रबार १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।