संसद् विघटनबारेको आजको सुनुवाइ सकियो, मुद्दा हेर्दाहेर्दैमा 

संसद् विघटनबारेको आजको सुनुवाइ सकियो, मुद्दा हेर्दाहेर्दैमा 

काठमाडौं : सर्वाेच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटन मुद्दामा आजको सुनुवाइ सकिएको छ।

उक्त मुद्दामाथिको सुनुवाइ आइतबार जारी रहने छ। उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको सर्वाेच्चले जनाएको छ। 

आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय श्रीहरि अर्याल र मुक्ति प्रधान अधिवक्ताहरू दिनमणि पोखरेल, टीकाराम भट्टराई, सुनिलकुमार पोखरेल लगायतले बहस गरेका छन्। 

रिट निवेदकका तर्फबाट बहसका लागि तोकिएको १२ घण्टामध्ये अब २ घण्टा ३५ मिनेट मात्रै बाँकी छ। अर्थात् रिट निवेदकका तर्फबाट बहस गर्नेले आइतबार यो अवधिसम्म बहस गर्न पाउने छन्। 

यसपछि सरकारी पक्षले बहस गर्ने छन्। उनीहरूलाई पनि १२ घण्टाको समय तोकिएको छ। 

उक्त बहस सकिएपछि रिट निवेदक र सरकारी पक्षका वकिलले थप ३/३ घण्टा जवाफी बहस गर्न पाउने छन्। 
 

असार ११, २०७८ शुक्रबार १५:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।