जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरधनीलाई थुनामुक्त गराउने मन्त्रीलाई पदबाट हटाउन माग
काठमाडौं : जातका कारण आफ्नाे घरकाे कोठा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं, बबरमहलकी सरस्वती प्रधानलाई थुनामुक्त गर्ने मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाउन बाग्लुङका दलित संगठनले माग गरेका छन्।
सञ्चारकर्मी रुपा सुनारको गृहजिल्ला बाग्लुङका नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल दलित संघ, नेपाल दलित मुक्ति मोर्चा, शिल्पी विशेष प्रदेश गण्डकी र जातीय समता समाजले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। साथै ती संगठनले प्रधानलाई कसुर अनुसारको सजाय गर्नसमेत माग गरेका छन्।
मन्त्री श्रेष्ठले गत बुधबार प्रहरी कार्यालयमा पुगेर प्रधानलाई थुनामुक्त गर्न आदेश दिएका थिए। त्यसपछि प्रधान थुनामुक्त भएकी थिइन्।
सञ्चारकर्मी सुनारले जातका कारण कोठा नदिएको भन्दै प्रधानविरुद्ध उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
असार ११, २०७८ शुक्रबार १५:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।