पुनर्निर्माण प्राधिकरणमा कार्यरत ३ हजार प्राविधिकले संयुक्त राजीनामा बुझाउँदै
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत ३ हजारभन्दा बढी प्राविधिकहरूले आज शुक्रबार प्लेकार्ड र ब्यानरसहित सिंहदरबार घेराऊ गरी संयुक्त रूपमा राजीनामा बुझाउने बताएका छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले ३ हजार बढी प्राविधिकहरूले सिंहदरबार घेराऊ गरी राजीनामा बुझाउने जानकारी दिएको हो।
समितिका अध्यक्ष अविनाश अमरले सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरूबाट पूर्ण वञ्चित गराइएको भन्दै राजीनामा दिन बाध्य भएको बताएका छन्।
अध्यक्ष अमरले यसअघि ४ हजार प्राविधिकहरूले एकमुस्ट राजीनामा उद्घोष गरेपछि मात्र सम्पूर्ण माग पुरा भएको स्मरण गर्दै फेरी पनि आन्दोलनमा जान प्राधिकरणले बाध्य बनाएको बताए।
असार ११, २०७८ शुक्रबार ०९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।