कोरोना संक्रमणका कारण थप २४ जनाको मृत्यु

कोरोना संक्रमणका कारण थप २४ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर अब कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको छ।  

यस्तै, देशभर थप २ हजार ४ सय ७४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ५ सय ७७ र एन्टिजेन विधिबाट ८ सय ९७ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ७ हजार ३ सय ३५ र एन्टिजेन विधिबाट ४ हजार ९ सय ९७ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

देशभर हालसम्म आरटी पिसिआर विधिबाट कोरोना संक्रमण हुनेको संख्या ६ लाख २९ हजार ४ सय ३१ पुगेको छ। एन्टिजेन विधिबाट कोरोना पोजेटिभ देखिएकाको संख्या २९ हजार ९ सय ३४ छ। 

पछिल्लो २४ घण्टामा २ हजार ५ सय १८ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ७० हजार ९ सय ५८ पुगेको छ। देशभर कोरोना संक्रमण निको हुने दर ९०.७ प्रतिशत छ।

असार १०, २०७८ बिहीबार १८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।