संसद् विघटन मुद्दाकाे आजको बहस सकियो, मुद्दा हेर्दाहेर्दैमा

संसद् विघटन मुद्दाकाे आजको बहस सकियो, मुद्दा हेर्दाहेर्दैमा

आज वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, हरिहर दाहाल, प्रेमबहादुर खड्का, बोर्णबहादुर कार्की, मिथिलेशसिंह यादव, हरि उप्रेती, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरे।

संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनका १ सय ४६ सांसदले दायर गरेको रिटमाथि सर्वोच्चमा सुनुवाइ भइरहेको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते संसद् विघटन गरेपछि संसद् पुनस्स्थापना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नलगायत आदेश जारी गर्न माग गर्दै विपक्षी गठबन्धनका सांसदले सर्वोच्चमा रिट दर्ता गरेका थिए। 

संसद् विघटनविरुद्ध सर्वोच्चमा थप रिट पनि दायर भएका छन्। 

असार १०, २०७८ बिहीबार १८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।