न्याय परिषद् सदस्यमा भण्डारी नियुक्त

न्याय परिषद् सदस्यमा भण्डारी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १५३ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भण्डारीलाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन्। 

रामेछापा, खनियापानी–९ घर भएका भण्डारीलाई न्याय परिषद् सदस्य पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जानकारी दिए। 

न्याय परिषद सदस्य लक्ष्मीबहादुर निराला खड्काको कोरोना संक्रमणका कारण गत वैशाख २१ मा निधन भएपछि परिषद् सदस्यको पद रिक्त भएको थियो।

असार १०, २०७८ बिहीबार १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।