तीन महिनापछि लोक सेवाले पायाे पदाधिकारी, अध्यक्षमा माधवप्रसाद रेग्मी नियुक्त

तीन महिनापछि लोक सेवाले पायाे पदाधिकारी, अध्यक्षमा माधवप्रसाद रेग्मी नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज लोक सेवाको पदाधिकारी नियुक्त गरेकी छन्, जस अनुसार लाेक सेवाकाे अध्यक्षमा माधवप्रसाद रेग्मी नियुक्त भएका छन्। 

रेग्मीसँगै लोक सेवाका चार जना सदस्य पनि नियुक्त भएका छन्। राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्ति अनुसार लोक सेवाको सदस्यहरूमा माधव वेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जुकुमारी नियुक्त भएका छन्। 

उनीहरूलाई संविधानको धारा २४५ को उपधारा २ बमोजिम नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

यसअघिका लाेक सेवाका पदाधिकारीकाे कार्यकाल २०७७ चैत ११ गते सकिएपछि त्यसयता लोक सेवा पदाधिकारीविहीन भएको थियो। 

असार १०, २०७८ बिहीबार १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।