सरकार विरुद्ध विद्यार्थी सङ्गठनहरू संयुक्त प्रदर्शन गर्दै 

सरकार विरुद्ध विद्यार्थी सङ्गठनहरू संयुक्त प्रदर्शन गर्दै 

काठमाडौं : सरकारको असंवैधानिक कामको विरोध गर्न विपक्षी गठबन्धनमा आबद्ध विद्यार्थी सङ्गठनहरूले आज संयुक्त प्रदर्शन गर्दैछन्।

दिउँसो ३ बजे काठमाडौँको भृकुटीमण्डपमा सरकारविरुद्ध संयुक्त प्रदर्शन गर्न लागेको नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए। 

नेबिसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँले जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार गर्ने सरकारविरुद्ध विरोध प्रदर्शन गर्न लागेको जानकारी दिएका छन्। 

विरोध प्रदर्शनमा सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पालना गरी सहभागी बन्न नेबिसंघ महामन्त्री तिमल्सिनाले आग्रह गरेका छन्। विपक्षी गठबन्धनको हिजो बुधबार बसेको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध जनपरिचालनको निर्णय गरेको थियो। 

असार १०, २०७८ बिहीबार ०९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।