आन्तरिक उडान असार १७ बाट सुचारु हुने
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामका लागि गत वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान असार १७ बाट सुचारु हुने भएको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सूचना जारी गर्दै असार १७ गतेबाट आन्तरिक उडान खुलाउने निर्णय गरेको हो।
कूल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी उडान सञ्चालन गरिने सूचनामा उल्लेख छ।
सरकारले केही देशकाे अन्तर्राष्ट्रिय उडान भने यसअघि नै खुलाइसकेकाे छ।
मन्त्रालयले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन व्यवस्थापनको जिम्मेवारी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको छ।
असार ९, २०७८ बुधबार २०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।