संसद् विघटन मुद्दा : सकियो आजको बहस
काठमाडौं : सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद् विघटन मुद्दाको आजको बहस सकिएको छ। बहस नसकिएपछि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ।
आज वरिष्ठ अधिवक्ताहरू गोविन्द बन्दी, महादेव यादव, बद्रीबहादुर कार्की र शम्भू थापा र अधिवक्ता खम्बबहादुर खातीले बहस गरेका छन्।
संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनका १ सय ४६ सांसदले दायर गरेको रिटमाथि सर्वाेच्चमा सुनुवाइ गरिरहेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते संसद् विघटन गरेपछि संसद् पुन:स्थापना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नलगायत आदेश जारी गर्न माग गर्दै विपक्षी गठबन्धनका सांसद्ले सर्वाेच्चमा रिट दर्ता गरेका थिए।
संसद् विघटनविरुद्ध सर्वाेच्चमा थप रिट पनि दायर भएका छन्।
असार ९, २०७८ बुधबार १९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।