५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा संक्रमण दर घट्दो
काठमाडौं : कोरोना भाइरस (कोभिड १९)को सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी भएका ३७ जिल्लामा संक्रमण दर घटिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
तर, १ देखि ३ सयसम्म सक्रिय संक्रमित रहेका जिल्लामा संक्रमण दर बढेको पाइएको मन्त्रालयले आज (बुधबार) आयोजना गरेको प्रेस बिफ्रिङमा जानकारी दिइएको छ।
मन्त्रालयका अनुसार बुधबार दिउँसोसम्म देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५ सय २० सक्रिय संक्रमित छन्। तीमध्ये होम आइसोलेसन रहेकाको संख्या ४७ हजार २ सय ८६ छ भने संस्थागत आइसोलेसनमा रहेकाको संख्या ३ हजार २ सय ३४ रहेको मन्त्रालयले जनाएको छ।
संस्थागत आइसोलेसनमा रहेकामध्ये सघन उपचार कक्ष (आइसियु)मा ७ सय ३४ जना र भेन्टिलेटर २ सय १३ जना छन्।
असार ९, २०७८ बुधबार १८:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।