थप २४२१ जनामा कोरोना संक्रमण, ८१ को मृत्यु 

थप २४२१ जनामा कोरोना संक्रमण, ८१ को मृत्यु 

काठमाडौं : देशभर थप २ हजार ४ सय २१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ५ सय ११ र एन्टिजेन विधिबाट ९ सय १० जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ७ हजार ४ सय ६१ र एन्टिजेन विधिबाट ४ हजार ९ सय ५३ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। उक्त अवधिको संक्रमण दर १९.५ प्रतिशत छ। 

देशभर हालसम्म आरटी पिसिआर विधिबाट कोरोना संक्रमण हुनेको संख्या ६ लाख २७ हजार ८ सय ५४ पुगेको छ। एन्टिजेन विधिबाट कोरोना पोजेटिभ देखिएकाको संख्या २९ हजार ३७ छ। 

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५८ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ६८ हजार ४ सय ४० पुगेको छ। 

यस्तै, देशभर कोरोना संक्रमणका कारण थप ८१ जनाको मृत्यु भएको छ। तीमध्ये पछिल्लो २४ घण्टामा ५२ जना छन्। देशभर हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ८ सय ९४ पुगेको मृत्यु भएको मन्त्रालयले जनाएको छ।  

असार ९, २०७८ बुधबार १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।