रोल्पामा पहिरोले घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु, तीन घाइते
मंगलबार राति घरमाथिबाट खसेको पहिरोले घर भत्किँदा रोल्पा नगरपालिका–९, ढाम्पाकी ८६ वर्षीया कर्मिता बुढामगर र उनकी नातिनी बुहारी १८ वर्षीया सुशीला र नातिनी १५ वर्षकी श्यामकलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, राेल्पाले जनाएको छ।
पहिरोमा परी कर्मिताका छोरा ४० वर्षीय टीकासिंह, बुहारी सुनमाया र नाति ९ वर्षीय शक्तिमान गरी घाइते छन्। घाइतेमध्ये टीकासिंह र शक्तिमानको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
असार ९, २०७८ बुधबार १५:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।