जातका कारण घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौंकी घरधनी रिहा

जातका कारण घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौंकी घरधनी रिहा

सञ्चारकर्मीसमेत रहेकी रूपा सुनारलाई जातकै कारण घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं महानगरपालिका–११ की सरस्वती प्रधानलाई जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा नलगी रिहा गरिदिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ। 

सुनारले आफू कामी जातकी भएकै कारण कोठा भाडामा नपाएको उजुरी दिएपछि प्रहरीले ५८ वर्षीया प्रधानलाई पक्राउ गरेको थियो। 
प्रधानलाई पक्राउ गरेपछि विभिन्न नेवा संघसंस्थाले विरोध गरेका थिए। 

नेवा देय दबूँ काठमाडौं जिल्ला समिति, उपत्यका घरधनी सरोकार मञ्चलगायत संस्थाले विज्ञप्ति जारी गर्दै पक्राउबारे गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। 

विज्ञप्तिमा कसैलाई कोठा भाडामा दिने नदिने घरधनीको नैसर्गिक अधिकार रहेको, उजुरीकर्तालाई गालीगलौज पनि नगरेको अवस्था, घर सल्लाह गरी खबर गर्ने भनेको र भाडा दिने सम्बन्धी कुनै करार वा बैना समेत नभएको अवस्थामा निवेदक सुनार आफैले जातको कुरालाई उचाली घरधनीलाई सुनियोजित रूपमा अतिरञ्जित गरिएको उल्लेख छ। 

असार ९, २०७८ बुधबार १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।